Logo
२ असोज २०८२, बिहीबार

सुदूरपश्चिम सभापतिलाई रास्वपाले सोध्यो स्पष्टीकरण

अक्षरपाटी
२०८२ जेठ २९ , बिहीबार ०२:०६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम सभापति प्रकाश विष्टलाई स्पष्टीकरण सोधेको छ।

पार्टी अनुशासनविरूद्ध गतिविधि गरेको भन्दै विष्टलाई रास्वपा अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो।

प्रकाश विष्टको गतिविधि छानबिनकै क्रममा रहेको र यस विषयमा धेरै बोल्न नमिल्ने पार्टी अनुशासन समितिका रमाकान्त रिमालले बताए।

रास्वपाका एक नेताले दिएको जानकारीअनुसार सुदूरपश्चिम सभापति विष्टले पार्टीको हितविपरीत गतिविधि गरेको भन्दै प्रदेशका केही सदस्यहरूले हटाउन माग गर्दै आयोगमा उजुरी दिएका थिए।

अनुशासन आयोगले त्यही उजुरीमाथि छानबिन गर्दै स्पष्टीकरण सोधेको हो।