काठमाडौं । असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने सम्भावना रहेकोभन्दै सतर्क रहन आग्रह गरिएको छ ।
असार ३ गतेदेखि ७ गतेसम्म चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले सतर्क रहन आग्रह गरेको छ ।
चीनको प्रहरी कार्यालयले चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै सूचना जारी गरेको थियो ।
सोही सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी आसपास (भोटेकोशी, बाह्रबिसे, त्रिपुरासुन्दरी, सुनकोशी, बलेफी र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी र सुनकोशी नदी आसपास) क्षेत्रमा जोखिम हुनसक्ने बताएको छ ।
नदी आसपास क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन कार्यालयले आग्रह गरेको छ ।
बाढीको जोखिम