नेपालगन्ज । चौथो नेपालगन्ज फोटो फेस्टिभल सम्पन्न भएको छ।
अन्तरालको आयोजना फेस्टिभलमा नेसनल फोटो कन्टेष्ट नेपालका विजेताहरूलाई पुरस्कृत गर्दै सम्पन्न भएको हो।
दुई दिनसम्म चलेको फेस्टिभलका विजेताहरूलाई लुम्बिनी प्रदेशसभा सदस्य माया पुन मगर, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए।
फोटो पत्रकार अर्यान धिमालले खिचेको वर्ष उत्कृष्ट तस्बिरले नगद ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको छ।
विधागत उत्कृष्ट तस्बिरहरूले जनही ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्।
फेस्टिभलमा ईसेवासँगको सहकार्यमा पिपुल च्वाईस अवार्ड ६ हजार ७ सय ७७ भोटसहित अमित रावलको तस्बिरले जितेको छ । उनले नगद ५० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे ।
पिपुल च्वाईस अवार्डका विजेता अमित रावलले जितबाट थप उत्साहित भएको र आफूले पुरस्कार बापत पाएको रकम माध्ये १० हजार कोहलपुरका निवासी दुवै मृगौला फेल भई पीडित भएका फिरोज बक्सको उपचारमा सहयोग गर्ने बताए।
आयोजक अन्तरालका कार्यकारी निर्देशक शाहले विषम परिस्थितिका बाबजुद पनि फेस्टिभललाई निरन्तरता दिइरहेको बताए।
फेस्टिभलमा फोटो प्रतियोगिताबाट छानिएका ९ विधाका १ सय ११ फोटोहरू होटेल सिटी प्यालेसको हलमा प्रदर्शनीमा राखिएको थियो।
दुई दिनसम्म चलेको फेस्टिभल विद्यार्थी, नागरिक समाज, उद्योगी व्यापारी, सर्बसाधरण लगायत समाजका विभिन्न क्षेत्रमा रहेका ब्यत्तिmले अवलोकन गरेका थिए ।