Logo
२८ असोज २०८२, मंगलबार

यात्रुले भरिएको बस बाढीले बगायो, सबैको सकुशल उद्धार

अक्षरपाटी
२०८२ असार ६ , शुक्रबार ०८:०६ मा प्रकाशित

नवलपरासी । पूर्व–पश्चिम राजमार्गको पूर्वी नवलपरासीको दुम्किबास नजिकै विनयी खोलाको बाढीले यात्रुले भरिएको बस बगाएको छ।

पूर्वबाट बर्दिया तर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस विहीबार राति करिब ११ बजेतिर बगाएको हो।

तीन बच्चसहित ३८ जना यात्रु बोकेको बसका सबै यात्रुको भने सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालले जानकारी दिए।

बाढीले बगाएको बस करिब एक किलोमिटर तल फेला परेको प्रहरीले बताएको छ।

बस अहिले भर्खर फेला परेको इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक राजन तिमिल्सेनाले बताए ।

गत पुसमा भारतीय ओभरलोड ट्रकले पुल भाँचिदिएपछि यो सडकमा डाइर्भसन बनाइएको थियो।

सोही डाइभर्सन बाढीले बगाएकाले यातायात अवरुद्ध छ। दुम्किबासबाट दाउन्नेतर्फको सडक हिलाम्य हुँदा गाडीहरू उकालो चढ्न नसकेर बिच बाटोमै अलपत्र छन्।