Logo
१६ भदौ २०८२, सोमबार

शिक्षा बाहेकका अरु विषय पढेकाले पनि शिक्षक लाइसेन्स परीक्षा दिन पाउने

अक्षरपाटी
२०८२ असार १५ , आईतबार ११:०६ मा प्रकाशित

काठमाडौं । शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स) राख्ने सहमति भएको छ ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहको शिक्षक हुन शिक्षा संकाय बाहेक अरु पढेकाले अवसर पाउने सहमति जुटाएको छ ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले यसबारे महत्वपूर्ण निर्णय गर्दै सबै विषयका योग्य व्यक्तिलाई समान अवसर प्रदान गर्न सकिने बाटो खोलेको हो।

समितिले शिक्षक सेवा आयोगद्वारा लिइने अनिवार्य लाइसेन्स (शिक्षक अध्ययन अनुमतिपत्र) परीक्षा भने आवश्यक हुने व्यवस्था यथावत् राखेको छ। यो परीक्षा सबै शिक्षक आकांक्षीले उत्तीर्ण गर्नुपर्नेछ।

प्रत्येक शिक्षकले पाठ्यक्रम परिवर्तन गर्दा वा प्रत्येक पाँच वर्षमा सरकारले तोकेको पुर्नताजकी तालिम लिइ शिक्षकलाई अध्यावधि गर्नु पर्ने व्यवस्था समितिले पारित गरेको हो ।

#शिक्षक लाइसेन्स



शिक्षक लाइसेन्स