Logo
१५ मंसीर २०८२, सोमबार

१ मिनेटमै सकियो काठमाडौं महानगरको बैठक, बजेट आइतबार आउने

अक्षरपाटी
२०८२ असार २७ , शुक्रबार ०३:०७ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेट आइतबार सार्वजनिक गर्ने भएको छ। शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले अर्को बैठक असार २९ गते दिउँसो २ बजे बस्ने जानकारी गराएका हुन्।

उनले बैठकका विभिन्न २४ एजेन्डा रहे पनि एउटामात्र एजेन्डा प्रस्तुत गरेका थिए। सोही एजेन्डाअन्तर्गत आइतबार लागि अर्को बैठक बोलाइएको हो। प्रमुख बालेनका अनुसार सोही दिन विहान ९ बजे कार्यपालिका बैठक बस्नेछ।

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटको सीमा निर्धारण गरेको छ।

महानगरले २५ अर्ब ११ करोडको बजेट ल्याउने तयारी गरेको हो।

काठमाडौं महानगरपालिका बालेन शाह
यो पनि हेर्नुहोस् : मेयर बालेनलाई पितृशोक