
काठमाडौं । चलचित्र ‘परिवार’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा शुभमुहूर्त गर्दै निर्माणपक्षले आज यो चलचित्र निर्माणको घोषणा गरेको हो।
मदन थापाको निर्देशन रहने चलचित्रको शुभमुहूर्तसँगै छायाकंन सुरुवात गरिएको छ।
यस सिनेमाको अधिकांश छायाकंन काठमाडौंमा हुनेछ भने केही दृश्य भ्याली बाहिर छायांकन गर्ने निर्माणपक्षले जानकारी दिएको छ।
निर्देशक थापाले यस अघि चलचित्र ‘बाटो : रोड टू डेथ’ निर्देशन गरेका थिए।
चलचित्र ‘परिवार’को अनाउन्समेन्ट पोस्टरमा चारजना व्यक्ति छन् । एक पुरुष, दुई महिला र एउटा बच्चा देखिएको छ । दुईवटी श्रीमती हो कि भन्ने शंका गर्न सकिन्छ। सँगै कुकुर र बिरालो पनि छन्।
टाइटल डिजाइनमा ‘परि’ छुट्टै लेखिएको छ भने बाँकी अंग्रेजीमा डब्ल्यूएआर अर्थात् ‘वार’ लेखिएको छ।
यसले परिवारमा रहेको द्वन्द्वलाई संकेत गरेको बुझ्न सकिन्छ । परिवारका सदस्यका साथमा रहेको कुकुर र बिरालोले मिल्न नसकेको परिवार अथवा झगडा भइरहने परिवारको संकेत गरेको छ ।
चलचित्रमा को-को कलाकार छन् भन्ने बारेका निर्माण पक्षले कुनै जानकारी खुलाएको छैन ।



