Logo
२१ वैशाख २०८३, सोमबार

बेनी-जोमसोम सडक अवरुद्ध

अक्षरपाटी
२०८२ साउन ११ , आईतबार १०:०७ मा प्रकाशित

म्याग्दी। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।

म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोले आइतबार बिहानदेखि आवतजावत अवरुद्ध भएको हो।

पहिरो खसेपछि अवरुद्ध बनेको सडक खुलाउन सडक विभागले पहल सुरु गरेको स्थानीय प्रहरीले जनाएको छ।

सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्लाको यातायात सम्पर्क टुटेको छ। प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा बन्द छ।

सडक अवरुद्ध हुँदा स्थानीयवासिन्दा तथा मुस्ताङ घुम्न जाने र फर्कने पर्यटक प्रभावित भएका छन्।

बेनी–जोमसोम मुस्ताङ