धनगढी । पार्किङ शुल्कको विषयलाई लिएर धनगढी विमानस्थलमा कुटाकुट भएको छ।
कैलालीको धनगढी विमानस्थलमा आफन्तलाई लिन र छोड्न जाने हरेक दुई पाङ्ग्रेदेखि ठूला सवारी साधनबाट प्रवेश मात्रै गरे पनि शुल्क लिइने गरेको छ।
तर उक्त शुल्क पारदर्शी नभएको र छोटो समयको पार्किङ गर्दा पनि महंगो शुल्क लिने गरेको गुनासो रहँदै आएको थियो।
पाँच मिनेट मात्रै पार्किङ गरे पनि दुई पाङ्ग्रेबाटै कम्तिमा २० रुपैयाँ र चार पाङ्ग्रे सवारीबाट त्यसकाे दाेब्बर बढी असुल गरिने गरेकाे छ।
पार्किङ शुल्क लिइए पनि असुलकर्ताले सवारी साधन मिलाउन हातै नलगाउने, चर्को घाम, पानी वा सित पर्दा कुनै छानाे वा सुरक्षाकाे व्यवस्था भने गरिएको छैन।
विमानस्थलको मातहतमा रहेकाे र सरकारकै लगानीले बनेकाे प्राङ्गणमा एक क्षणका लागि आफन्तलाई स्वागत वा विदाइ गर्न आउनेबाट जबर्जस्ती शुल्क असुलीको विराेध भने लामाे समयदेखि हुँदै आएकाे हाे।
तर स्थानीय सरकार र सम्बन्धित निकायले यस विषयमा सुनुवाइ गरेको थिएन।
प्रहरीको बाक्लो उपस्थिति रहेकै अवस्थामा कुटाकुटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
प्रहरीले भने पार्किङ शुल्कको विषयमा सामान्य विवाद मात्रै भएको बताएको छ।
धनगढी उपमहानगरपालिकाले पनि आफ्नै प्रवेशद्वारमा बनाएको चार्जिङ स्टेसनमा चार्जिङ गर्ने सवारीसाधनहरुबाटै पनि पार्किङ शुल्क लिने गरेको छ ।
कुटाकुट धनगढी विमानस्थल