Logo
२६ साउन २०८२, सोमबार

दुर्गा प्रसाईँ धरौटीमा रिहा, कांग्रेस नेता सुनिल शर्मा पनि पुगे डिल्लीबजार

अक्षरपाटी
२०८२ साउन १९ , सोमबार १०:०८ मा प्रकाशित

काठमाडौं । उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएपछि तीनकुने घटनापछि पक्राउ परेका राष्ट्र बचाउ तथा राष्ट्रवादी आन्दोलनका अगुवा तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रक्रिया पूरा गरेर आजै रिहा भएका छन्।

गत चैत १५ गने काठमाडौंको तिनकुनेमा भएको राजाबादी आन्दोलनमा संलग्न भएको आरोपमा जिल्ला अदालत काठमाडौंबाट पुर्पक्षमा थुनामा रहेका दुर्गा प्रसाई सहित ४ जनालाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको हो।

प्रसाईंलाई अदालतले बैंकिङ कसुर र तीनकुने घटनामा २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

उनीबाहेक अरुलाई भने ५० हजारदेखि १० हजारसम्म धरौटीमा छोड्न आदेश दिएको छ। सुशिल बराल र सरोज गौतमलाई ५०–५० हजार धरौटी र दण्डपाणी रेग्मीलाई १० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।

सोमबार साँझ अदालतबाट आदेशपछि उनलाई डिल्लीबजार कारागार ल्याइएको छ। आदेश आएलगत्तै प्रसाईंलाई स्वागत गर्न उनका सयौँ समर्थकको भीड लागेको छ।

उनी प्रक्रिया पूरा गरेर आजै रिहा हुने भएपछि ठूलो सँख्यामा सर्वसाधारण मात्र होइन नेपाली कांग्रेसका सांसद सुनिल शर्मा डिल्लीबजार कारागार पुगेका थिए।

उच्च अदालत दुर्गा प्रसाईँ सुनिल शर्मा