काठमाडौं। नारीहरुको महान चाडको रुपमा लिइने हरितालिका तीजलाई लक्षित गरी गायीका सिर्जना खत्रीको आवाजमा ‘नारी मस्तिमा’ बोलको गीत सार्वजनिक भएको छ।
गायिका हाउडेमायाकै लय, स्वर र मुकुन्द रुपाखेतीको शब्दमा तयार भएको तीज गीतमा नारीहरु तीजमा रमाउने र सो दिन स्वतन्त्र भएर सबै पीडा भुलेर रमाउने भन्ने सन्देश दिइएको छ।
सारी लाएर चिटिक्क परेर बस्ती बस्तीमा नारीहरु नाच्ने र रमाउने भन्ने विषयलाई गीतमा बढी जोड दिइएको छ। मञ्जित पहाडी कार्यकारी निर्माता रहेको सो गीतको म्यूजिक भिडियो निर्देशन भने नितिन चन्दले गरेका छन्।
तीज गीत सिर्जना खत्री