धनगढी। धनगढी उपमहानगरपालिकाले पठाएको ‘सरकारी पूजा टोली’ले सुदूरपश्चिमको प्रशिद्ध धार्मिक स्थल तथा शक्तिपीठ बडीमालिकामा पूजा गरेको छ।
धनगढीबासीको सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिका लागि धनगढी उपमहानगरपालिकाले पठाएको सरकारी पुजा टोली बडीमालिका देवीका मन्दिरमा पुगेर पुजाआजा गरेको मेयर गोपाल हमालले जनाएका छन्।
उक्त पूजाआजा उपमहानगरकाे आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम अनुसार गरिएकाे पनि मेयर हमालले खुलाएका छन्।
हमालले समाजिक सञ्जालमा लेखेका छन्, ‘धनगढीबासीको सु-स्वास्थ्य, सुख, शान्ति एवम् समृद्धिका लागि र सुदूरपश्चिमको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल को प्रवद्र्धन गर्ने आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम अनुसार यस वर्ष धनगढी उपमहानगरपालिकाको सरकारी पूजा टोली बाजुरा जिल्लास्थित प्रतिद्ध धार्मिक क्षेत्र जगत जननी श्री बडीमालिका माईको पुजाका लागि नगरपालिकाको कार्यालय अगाडि रहेको बनदेवी मन्दिरमा पूजा गरि डोलासहित हिँडेको सरकारी पूजा टोलीद्वारा साउन २३ गते शुक्ल चतुर्दशीका दिन जगत जननी बडीमालिका देवीको मन्दिरमा पूजा गरेको थियो।’
उनले साउन २२ गते त्रिबेणीधाम क्षेत्रमा खिचिएका तस्बिरहरु भन्दै केही आकर्षक तस्बिर पनि सार्वजनिक गरेका छन्।
हेर्नुस तस्बिर: