काठमाडौं। गत आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ८१ करोड ६७ लाख नौ हजार रुपैयाँ आर्जन गरेको छ।
४९.५३ प्रतिशतले खुद नाफा बढेर सो आर्जन गरेको बैंकले जनाएको छ। अघिल्लो वर्षमा बैंकले जम्मा २ अर्ब ५५ करोड २४ लाख ६७ हजार रुपैयाँ खुद नाफा गरेको थियो।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी ०.५२ प्रतिशत बढेर १० अर्ब ८ करोड २४ लाख १४ हजार रुपैयाँ गरेको छ।
अघिल्लो वर्ष बैंकले १० अर्ब ३ करोड २ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
गत वर्ष बैंकको वितरणयोग्य नाफा ३० करोड ३४ लाख ९६ हजार रुपैयाँ रहेको छ।
अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड २१ लाख ५३ हजार रुपैयाँ ऋणाँत्मक थियो।
१५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा ३७ अर्ब ४७ करोड ५४ लाख ९ हजार रुपैयाँ रहेको बैंकले जनाएको छ।
अघिल्लो वर्ष ४.२८ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ३.५९ प्रतिशतमा झारेको छ ।
नाफा राष्ट्रिय वाणिज्य बैंक