Logo
२० कात्तिक २०८२, बिहीबार

एनएमबि बैंककाे ७.१३ प्रतिशत ब्याजदरमा अब गाडी किन्न पाइने

अक्षरपाटी
२०८२ भदौ ४ , बुधबार ०३:०८ मा प्रकाशित

काठमाडौं । एनएमबि बैंकले विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै नयाँ योजना सार्वजनिक गरेकाे हाे।

यस अन्तर्गत ग्राहकहरूले केबल ७.१३ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यक्तिगत सवारी साधन किन्न सक्नेछन् ।

बैंकले यो योजना सीमित अवधिका लागि मात्र ल्याएको छ र आवेदन प्रक्रिया सहज र लचिलो बनाईएको छ । इलेक्ट्रिक सवारी साधन किन्न चाहने ग्राहकहरुका लागि, एनएमबि बैंकको यो अफर एक राम्रो अवसर हुनेछ ।

एनएमबि बैंकले यस अफर मार्फत वातावरण मैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपालको दिगो तथा हरित भविष्य निर्माणतर्फ सहयोग गर्ने लक्ष्य लिएको छ । बैंकको यो प्रयास दिगो विकासमा टेवा पुऱ्याउने र ग्राहकलाई केन्द्रमा राखे सेवाहरू उपलब्ध गराउने प्रतिबद्धताको एउटा उदाहरण हो ।

यस अफरबारे थप जानकारी एनएमबी बैंकको नजिकको शाखा वा नाडा अटो शोमा रहेको एनएमबी बैंकको स्टल नं इ–२४ मा बैंकको तर्फवाट उपस्थित हुने प्रतिनिधि मार्फत लिन सकिनेछ ।

बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

एनएमबि बैंक