Logo
२४ भदौ २०८२, मंगलबार

प्रिय रमेश लेखक ! राजीनामा दिँदैमा रगतका छिटाले पाेल्न छाेड्ने छैन

अक्षरपाटी
२०८२ भदौ २४ , मंगलबार १२:०९ मा प्रकाशित

० शिवराज योगी

प्रिय रमेश लेखक ! म दाइ भन्थेँ । अब भन्दिन । किन भन्दिन ? तपाईँजस्तो जल्लादी व्यवहार र चरित्रको पात्रलाई दाइ भन्न मेरो आत्माले स्वीकारेन ।

सक्याे भने कुनै दिन फेरि सक्तिमा पुग्नु र मेरो सर्वस्व संहार गर्नु । किनकि कुनै लोभ र पापमा पालितपोषित कुलंगार नागरिक म होइन ।

प्रिय लेखक, २०८१ असोज १०, ११ र १२ गते देशभर आएको बाढीको क्षण म तपाईँलाई स्मरण गराउँ । हुन त तपाईँ वोकिल हाे, कुनै समयको पत्रकार हाे र आजको (कु) राजनेता हाे।

त्यस समय देशभर बाढीले २२४ जना बगायो । अरु त अरु राजधानीको नख्खु खोलामा मात्रै घन्टौँसम्म चार जना निहत्था नागरिक बाढीबीचको टहरोमा बचाउको याचना गर्दै आर्तनाद गरिरहे। तपाईँ तमासे बनिरहनुभयाे। उनीहकरुले ज्यान गुमाए ।

आफ्नै नागरिकको मृत्युको तमासा हेरिबसेका तपाईँले आलोचनाको आयतन अकासियपछि ‘भिजिविलिटी’ नभएको भन्दै घटना टारिदिनुभयाे र गृहमन्त्रीमा आसिन भइहनुभयाे।

खोलामा घन्टौँ जीनवनको याचना गर्ने नागरिक बचाउन भिजिविलिटी नदेख्ने तपाईँले आज देशमा बढ्दै गएको व्यथिति, भ्रष्टाचार, अन्याय, अत्याचार, दुराचार, बलात्कार, कृपावाद, नाताबाद अनि लोकतन्त्रको सुन्दर पक्ष अभिव्यक्ति स्वतन्त्रताको माग गर्ने छोरा र तिम्रा त नातीनातिना पुस्ताको मागमा पनि ‘भिजिविलिटी’ देख्नु भएन।

बरु वेवास्था गर्दै ताकीताकी गोलि बर्साउनुभयाे । अझ भनौँ, हत्या गर्नुभयाे। तपाईँले किताबको झोलासहित मारिदिएका कलिला छोराछोरी मेरा पनि कोही थिए।

एकपटक सम्झनुस् किताबको झोलासँगै रक्ताम्य भएर तातो सडकमा सँधैकालागि अस्थाएका तीँ कलिला मुना तपाईँका छोरा भएको भए ? वा तपाईँकी छोरी भएको भए ? कति चिरिन्थ्यो होला त्यो छाती ? कति तड्पिन्थ्यो होला त्यो मन ? अनि कति पोल्थ्यो होला त्यो हृदय ? तर तिनी तपाईँका कोही थिएनन्!

रमेश जी, म पनि विपीको जिवनी पढेर, कांग्रेसको आस्था मन पराएर लोकतन्त्रवादी भएको एक नागरिक। आज लोकतन्त्रका सिपाही पनि तपाईँजति आततायी र जल्लाद हुन्छन भन्ने देख्दा घृणाले भरिएर आँएको छ यो हृदय।

२०६२-६३ मा १९ दिन चलेको जनआन्दोलनमा मात्र १९ जनाको ज्यान गएको थियो । म पनि नमरी बाँचेको नागरिक हुँ। जबकि त्यसबेला आजकोजस्तो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको शासन थिएन। निरंकुश शाही शासनकाल थियो।

त्यो किन, भनिदिउँ ?
त्यो किन भने २०६२-६३ मा १९ दिन चलेको जनआन्दोलनमा मात्र १९ जनाको ज्यान गएको थियो । म पनि नमरी बाँचेको नागरिक हुँ। जबकि त्यसबेला आजकोजस्तो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको शासन थिएन। निरंकुश शाही शासनकाल थियो। शाही शेनाकाे बुट जताततै बजारिन्थ्याे।

अब तपाईँप्रति मेरो वितृष्णाको आयतन र आकार बुझ्नु भो होला नि !

आज भदौ २३ गते, सोमबार । नेपालीको महान चाड दशैँ र तिहारको पूर्वसँध्या। जीवनको सबैभन्दा ठूलो लगानी र कलेजीको टुक्रा सम्झेर पढाए-बढाएका नेपाली आमा-बाबुका कोपिलाजस्ता छोराछोरीको तपाईँले ज्यान चुँडालिदिनुभयाे ।

यो लेख्दैगर्दा सोमबार रातिको करिब १२ बज्दैछ । अहिलेसम्म १९ जनाको ज्यान गइसकेको र दुई सय ८० भन्दा बढी अस्पतालको शय्यामा छटपटाइरहेका छन्।

तपाईँ गृहप्रशासनको नाइके हुनुको नाताले अश्रुग्यासको सहारा लेउ भन्न सक्नुहुन्थ्याे । पानीको फोहरा हान्ने आदेश दिनसक्नुहुन्थ्याे। वार्ता र सम्झाइबुझाइको शैली अपनाउन सकिन्थ्याे। आँखिर छाेरानाती (छाेरी-नातिनी पनि) न थिए सडकमा ।

तर रमेश लेखक तपाईँले त युद्धमा होमिएको सिपाहीलाई झैँ शक्तिशाली र अत्याधुनिक गोली चलाउने आदेश दिएर ठाउँका ठाउँ मृगको बच्चा झैँ मार्न लगाउनुभयाे। अझ भनौ हत्या गर्नुभयाे, सोझै हत्या!

त्यसैले तपाईँ हत्यारा हो। १९ जना लालाबालाको ज्यान लिने अपराधी।

भन्ने धृष्ठता गर्नुहाेला, होइन घुसपैठ भयो । घुसपैठ भएको भए मर्नेहरुको उमेर अपवाद बाहेक १६ देखि ३० मुनिको कसरी हुन्छ? एकआध बयस्क त आफ्ना बालबच्चाको चिन्ताले उपस्थित भएका पनि त हुनसक्लान नि!

लौ घुसपैठ नै भयो मानिदिउँ, तपाईँ गृहमन्त्री भएको राज्यको यत्रो संयन्त्र के हातमा गुच्चा खेलाएर बसेको थियो ? वा घुसपैठ गर्नेहरु बिहारबाट आएका थिए ?

जे भयो, नहुनु भयो। त्यही लागेर तपाईँले राजनीनामा पनि दिनुभयो । के यत्रो आततायी अपराधको उन्मुक्ति राजनीतामा मात्रै हुनसक्छ ?

जे भयो, नहुनु भयो। त्यही लागेर तपाईँले राजनीनामा पनि दिनुभयाे । के यत्रो आततायी अपराधको उन्मुक्ति राजनीतामा मात्रै हुनसक्छ ?

‘हो नैतिकताका आधारमा राजीनामा नै हो’ भनौला तर मानवीयताका आधारमा यो अवराधको उन्मुक्ति तपाईँले पाउनुहुने छैन।

किनकि मैले जाने, बुझे र पढेसम्म नेपालको इतिहासमा सरकारविरुद्धको आन्दोलनमा आजसम्मको इतिहासमा कुनै पनि प्रदर्शनमा यति ठूलो नागरिक हत्या त्यो पनि छोरानाती पुस्ताको भएको मैले थाहा पाएको छैन। यो नरसंहार हो ।

यो मेरो मात्र आवाज होइन भोलि तपाईँ सडक र समाजको अघिल्तिर निस्केर हेर्नु- यही प्रश्नले तपाईँलाई चिमोठिरहने छ। लखेटिरहने छ।

रमेश लेखक जी ! यो सब के का लागि गर्नुभयाे ? त्यही फासिष्ट, आततायी र हिटलर बन्दै गएको ओलीका खातिर ? वा छैँठौपटक तपाईँका भिष्मपितामहलाई प्रधानमन्त्रीमा आसिन गराउनका खातिर ? के दियो त ओलीले ? के दिए तपाईँका भिस्मपितामहले ? अन्तिमा बरु तपाईँले दिनु भाे राजीनामा।

केपी ओलीको उन्मादी चरित्र र रबैयाको कुरा पनि मेसो मिलाएर गरौँला । अहिले तपाईँसँगैको सम्वाद सकौँ । त्यो किन पनि भने आज सडकमा छोरानाती पुस्तालाई सडकमा उतार्न वाध्य बनाउने उनैको अभिव्यक्ति पनि प्रमुख कारक थियो।

रमेश जी! आजको हृदयविदारक घटना मात्रै काफी छ तपाईँको आततायी र निर्मम मनमस्तिस्कको बयान गर्न । तर तपाईँ आपराधिक र निरंकुश चरित्रको वकिल, पत्रकार हुँदै नेता हुनुभएकाे रहेछ भन्ने प्रमाण चैत १५ ले नै प्रमाणित गरिदिएको थियो।

मान्छु, व्यवस्था विरोधीहरु राजाबादी थिए होलान, थिए त नेपाली। चैत १५, २०८१ मा तिनकुने घटनामा तपाईँकै गृहनेतृत्वमा निकै नियोजित रुपमा घुसपैठ गरेर वितन्डा मच्चाइयाे र दोशको थुप्रो राजावादीलाई लगाइदिनुभयाे।

राज्य भएर पनि तपाईँकाे नेतृत्वमा आफ्नै निहत्था र निर्दोश नागरिक (पत्रकारसहित)लाई जिउँदै जलायौ र दोश अरुको टाउकोमा थाेपर्नुभयाे।

सत्ता र शक्ति सँधै रहँदैन रमेश जी ! केही काल र पलका लागि नागरिकको खुन बगाएर सत्ता त जोगिएला तर यो न दिगो हुन्छ, न आत्म शान्तिको कारक ।

तपाईँ मान्छे खान पल्केको बाघले झैँ आफ्नै चिचिला नागरिक मारेर सत्तामा रमिरहन खोज्नुभो, बिडम्बना आज तपाईँको शक्तिको धमास सकियो।

तर तपाईँ मान्छे खान पल्केको बाघले झैँ आफ्नै चिचिला नागरिक मारेर सत्तामा रमिरहन खाेज्नुभयाे, बिडम्बना आज तपाईँकाे शक्तिको धमास सकियो।

तपाईँले २०७९ सालको स्थानीय र राष्ट्रिय निर्वाचनमै पोखिएको पुराना राजनीतिक दलप्रतिको अनाकर्षण बुझेर कदम चालेको भए, आज सत्तामा भएर पनि वाहीवाहीको पात्र बन्नुहुने थियाे। विडम्बना बुझ्नु भएन र आज कलंकसहित सत्ताच्युत हुनुभयाे।

तर ‘नैतिकता’को दुहाइ दिएर तपाईँले गरेको बर्हिगमन मात्रैले तपाईँ क्षमादान पाउनुहुने छैन।

भदौ २३ मा ज्यान गुमाउने कलिला छोरानातीका रगतका छिटाले तपाईँकाे अनुहार कुरुप भइरहने छ। तीं बाछिटाले लतपत्तिरहने छ। भ्रष्टाचारमुक्त समाज खोजेर सडकमा उत्रिएका जेनजी पुस्ताको उछिट्टिएको रगतले तपाईँलाई पोलिरहने छ। लखेटिरहने छ।

तपाईँजस्तो कुनै समयको लोकतन्त्रको सिपाहीसँग अभिव्यक्ति स्वतन्त्रता, भ्रष्टाचाररहित शासन, प्रशासन र समृद्धिको अभिलासा खोजेकाहरुलाई तपाईँले गराएको मृत्युवरणको मानवीय मूल्य तपाईँले यो जुनीमै चुकाउनुपर्ने छ।

तपाईँकाे हिटलरी शैलीको हिसाब उनीहरुले खोज्ने छन्। तपाईँकाे सन्तान र दरसन्तानलाई जेनजीको रगतले पिरोल्ने छ। यो मेरो सराप होइन, समयको सत्यका रुपमा प्रमाणित हुनेछ। यति लेख्न वाध्य बनाउनुभयाे- एकै क्षेत्र र एकै भेगका बासिन्दाका हैसियतले क्षमादान गर्नु।

रमेश लेखक शिवराज योगी