काठमाडौं। सोमबार काठमाडौं र इटहरीमा निर्मममतापूर्वक जेनजी पुस्ताका प्रदर्शनकारीमाथि दमनको बिरोध आज मंगलबार झन उग्र बनेको छ।
सम्हालि नसक्नु बन्दै गएको आन्दोलनले सिंगो मुलुक कब्जाको स्थिति बनेको छ।
नेताहरुका घर खोजी खोजी आगजनी र तोडफोड गरिएका छन्। मंगलबार १२ नबज्दै नेपाली कांग्रेसका सभापति कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ र धनगढीको घरमा आगजनी गरिएको छ। एमालेका अध्यक्ष तथा प्रधानमन्त्री रहेका केपी ओलीको बालकोटस्थित घरमा आगो लगाइएको छ।
नेपाली कांग्रेसको सानेपास्थित कार्यालय जलाइएको छ, हिँजो निर्मम दमन गरेर राजीनामा दिएका निवर्तमान गृहमन्त्री रमेश लेखकको नैकापस्थित घरमा तोडफोड र आगो लगाइएको छ।
ललितपुरको च्यासलमा रहेको एमाले पार्टी कार्यालयमा आगो लगाइएको छ। काठमाडौँको डल्लुस्थित प्रहरी बिटमा आगजनी गरिएको छ।
सञ्चारमन्त्रीको घर जलाइएको छ भने कांग्रेस महामन्त्री गगन थापाको घरमा तोडफोड भएको छ। कांग्रेसकी विवादित नेतृ आरजु राणाको लगानी रहेको ललितपुरस्थित युल्नेस स्कुलमा तोडफोड भएको छ।
झापामा आन्दोलनकारीले एमाले पार्टी कार्यालयमा आयो लगाइएको छ। प्रदर्शनकारीद्वारा अर्थमन्त्री विष्णु पौडेलको निवासमा आगो लगाइदिएका छन्।
एमाले नेता रघुवीर महासेठको घरमा ढुंगामुढा भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्रीको गाडी तोडफोड भएको छ भने मुख्यमन्त्री कार्यालय आन्दोलनकारीको कब्जामा छ।
आगजनी आन्दाेलन जेनजी



