धनगढी। चैतन्य पाठशालाले आम अभिभावक, नागरिक समाज र सम्पूर्ण नागरिकमा आफू विशुद्ध शिक्षा र सँस्कारकाे मन्दिर भएको अपिल गरेकाे छ।
सँस्थाका पूर्व कर्मचारीकाे व्यक्तिगत स्वतन्त्रताको विषयलाई सँस्थासँग जाेडेर केही तत्वले शिक्षाकाे मन्दिरजस्ताे सँस्थालाई विवादमा तान्न खाेजेकोप्रति स्पस्ट भइदिन र सचेत रहन चैतन्य पाठशालका प्राचार्य प्रेमनिधि ओझाले अपिल गरेका छन्।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै भनिएको छ- ‘चैतन्य पाठशाला विशुद्ध रुपमा शिक्षा र सँस्कारकाे मन्दिर हो । यस पाठशालाका पूर्वकर्मचारी भरतविक्रम शाहको जेनजेड आन्दोलनमा संलग्नताको विषयलाई लिएर समाजिक सञ्जालमार्फत चैतन्य पाठशालालाई जोडेर आएका विभिन्न प्रतिक्रियाहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’
संस्थाप्रतिको चासो, सरोकार र शुभेच्छा व्यक्त गर्ने सम्पूर्णमा हार्दिक व्यक्त गर्दै पाठशालाले शाहज्यूको संलग्नता नितान्त व्यक्तिगत विषय भएको र उनी स्वंयमे आफ्नाे सँस्थासँग संलग्नता नरहेको भनि प्रष्ट पनि पारिसकेको स्मरण गराएको छ।
प्राचार्य ओझाले भनेका छन्- ‘उहाँको व्यक्तिगत विषयलाई चैतन्य पाठशालासँग जोडेर व्याख्या नगरिदिनुहुन अनुरोध गर्दछौं।’
संस्कारसहितको शिक्षामा सधैं समर्पित चैतन्य पाठशाला सबैकाे साझा संस्था भएको र याे सँस्था राजनीतिक आग्रह र पूर्वाग्रहमा कहिले कतै संलग्न नरहने पनि विज्ञप्तिमा उल्लेख छ।
अपिल चैतन्य पाठशाल