काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहणसँगै मन्त्री घिसिङले पहिलो निर्णयस्वरूप नेपाल विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने प्रक्रिया तत्काल अघि बढाउने घोषणा गरेका छन् ।
त्यसैगरी उनले आफ्नो कार्यकालमा कुनै पनि खादा, माला तथा अबिर ग्रहण नगर्ने स्पष्ट घोषणा गर्दै सरल र कार्यमुखी ढंगले मन्त्रालय सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ऊर्जामन्त्री कुलमान घिसिङ