काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्याल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुगेका छन्। शुक्रबार बिहान उनी सीआईबी पुगेका हुन्।
त्यसक्रममा अर्यालले राजनीतिक दबाबमा विगतमा रोकिएका फाइल भए खोल्न निर्देशन दिए। “कुनै मुद्दा रोकिएका भए ब्रेक थ्रु गर्नु होला,” अर्यालले भने।
अर्यालले सुशासन कायम गर्न सरकारले काम सुरू गरेकाले हातमालो गरेर अगाडि बढ्नुपर्ने बताए। “मन्त्रालयले गर्नुपर्ने सहयोग गर्छ, सीआईबीले मन्त्रालयको स्पिरिटमा काम गर्नुपर्यो,” अर्यालले भने।
सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोजकुमार केसीले कुनै पनि त्यस्ता मुद्दा रहेको अवस्थामा अनुसन्धान थाल्ने बचन दिए। उनले सीआईबी उच्च मनोबलका साथ काम गर्न तयार रहेको बताए।
गृहमन्त्री अर्याललाई सीआईबीले आफ्नो क्षेत्रका काम, समस्या र चुनौतीको बारेमा प्रस्तुति दिएको थियो।
प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले सीआईबीले गर्ने अपराध अनुसन्धान तथा कार्यमा गृह मन्त्रालयले सहयोग गर्नुपर्ने बताएका थिए।
सीआईबी