काठमाडौँ । मलेसियाविरुद्धको महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत आइतबार भएको तेस्रो खेलमा नेपाल पराजित भएको छ।
शनिबार दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटले विजयी नेपाल आज तेस्रो खेलमा भने १३ रनले हारेको हो।यसअघि पहिलो खेलमा पनि नेपाल ३ रनले पराजित भएको थियो।
मलेसियाले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७ रन मात्र बनाउन सक्यो।
नेपालका लागि रुवि पोडारले ३१ रनको योगदान दिइन्। सम्झना खड्काले १८ रन थपिन्। कप्तान इन्दु बर्मा २१ रनमा अविजित रहिन्।
त्यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय २० रनको योगफल तयार पारेको थियो।
मलेसियाका लागि आइना हामीजाहले सर्वाधिक ६१ रन बनाइन्।
आज तेस्रो खेलमा जितसँगै मलेसियाले ५ खेलको जारी सिरिजमा २–१ ले अग्रता बनाएको छ।
महिला टी-२० शृंखला