काठमाडौं । ‘जारी २ : सङ अफ च्याब्रुङ’को ट्रेलर सार्वजनिक भएको छ । उपेन्द्र सुब्बाको पटकथा लेखन र निर्देशन रहेको यो फिल्म यसअघिको सुपरहिट फिल्म ‘जारी’को दोस्रो श्रृंखला हो ।
ट्रेलरले कथावस्तुबारे संक्षिप्तरुपमा प्रकाश पारेको छ । ट्रेलरमा दयाहाङ राई, मिरुना मगरका पात्रको प्रेमपूर्ण नोकझोंकलाई चित्रण गरिएको छ ।
तपाईंले अघिल्लो भाग हेर्नुभएको छ भने दोस्रो श्रृंखला पनि रोचक हुनसक्छ । रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङको निर्माण र बाँसुरी फिल्म्सको ब्यानरमा फिल्म निर्माण भएको हो ।
फिल्ममा ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा लगायतको अभिनय छ । फिल्मलाई रमेश ढकाल र प्याट्रिक सुवेदीको सेभेन सिज इन्टरनेसनलले नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज गर्दैछ ।
‘जारी २ : सङ अफ च्याब्रुङ’ २१ कात्तिकमा प्रदर्शन तयारीमा छ ।




