
काठमाडौं। इँटा भट्टामा जिउँदै मान्छे जलाएकाे आराेपममा विवादिन पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ।
उनको केही एक सातादेखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको गएराति साढे २ बजे निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ।
अस्पताल व्यवस्थापन प्रमुख नारायण प्रसाद दाहालका अनुसार उनलाई दुई साता अगाडि अस्पतालमा भर्ना गरिएको थियो।
आईसीयुमा राखेर उपचार भइरहेको अवस्था झन् जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियो।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मिर्गौला फेल भएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो। त्यतिबेला उनकाे अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो।
चिकित्सकका अनुसार ब्रेन स्ट्रोक भएपछि देखिने दीर्धकालीन असरका कारण उनको मृत्यु भएको हो।
संविधानसभा निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएका श्रीनारायणका कान्छा छोरा २२ वर्षीय त्रिलोकप्रताप सिंह र स्थानीय ओशी अख्तरसहितका घाइतेलाई उपचारको साटो जिउँदै इँटाभट्टामा जलाएरको मुद्दामा उनलाई जिल्ला अदालत रौतहटले जन्मकैदको फैसला सुनाएको थियो।
साेही फैसला उल्टाउँदै उच्च अदालतले उनलाई थुनामुक्त गरेकाे थियाे ।
अफताव आलम


