Logo
१० मंसीर २०८२, मंगलबार

एमाले अध्यक्षमा उम्मेदवारी दिने ईश्वर पोखरेलको घोषणा

अक्षरपाटी
२०८२ मंसीर १० , मंगलबार ०४:११ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औँ महाधिवेशनका लागि पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले मंगलबार विज्ञप्ति जारी गर्दै ‘राष्ट्र, जनता र पार्टीप्रति इमान र निष्ठाका आधारमा’ आफू अध्यक्ष पदका लागि प्रस्तुत हुने उल्लेख गरेका हुन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा औपचारिक घोषणा गर्ने तयारी भए पनि अन्ततः पोखरेलले एक्लै विज्ञप्तिमार्फतै उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

पोखरेल २०३५ सालमै मालेका संस्थापक केन्द्रीय सदस्य बनेका थिए। उनले आठौँ र नवौँ महाधिवेशनमा महासचिव, दसौँपछि वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए। पार्टीभित्र उनी कुशल संगठनकर्ता मानिन्छन्।

काठमाडौँ–५ बाट २०७४ मा सांसद निर्वाचित भएका पोखरेल २०७९ को चुनावमा भने पराजित भएका थिए।

ट्रेन्डिङ ( साप्ताहिक )