देशभर चुनावी चहलपहल बढे पनि गाउँमा किसानलाई भने वर्षेबाली धान भित्र्याउने हतारो छ। तनहुँको व्यास नगरपालिका ५ साँगेका कृषक धान थन्क्याउने चटारोमा छन्।
मङ्सिर ४ गते हुने निर्वाचनका लागि राजनीतिक तथा दल उम्मेदवारलाई चुनाव लागे पनि किसान भने धान थन्क्याउने चटारोमा व्यस्त छन्।