Logo
३१ वैशाख २०८३, बिहीबार

कालोसूचीमा परेका ठेकेदार, निर्माण व्यवसायीको विवरण राख्न छुट्टै वेबसाइट

अक्षरपाटी
२०८३ वैशाख ३१ , बिहीबार ०४:०५ मा प्रकाशित

काठमाडाैं। सरकारले कालोसूचीमा परेका ठेकेदार, निर्माण व्यवसायी तथा परामर्शदाताहरूको विवरण राख्न छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद प्रक्रियामा कालोसूचीमा परेकाहरुको विवरण राख्न उक्त वेबसाइछ सञ्चालन गरेको हो।

कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै नयाँ पोर्टल blacklist.ppmo.gov.np सञ्चालनको जानकारी दिएको गराएको छ।

अबदेखि कालोसूचीमा परेका र कालोसूचीबाट फुकुवा भएका कम्पनीहरूको सम्पूर्ण विवरण उक्त वेबसाइटमा हेर्न सकिनेछ। यसअघि यस्तो विवरण कार्यालयको मुख्य वेबसाइटमा नै राख्ने गरिएको थियो।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४३ बमोजिम बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिर्ता वा निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राख्ने गरिन्छ।

कार्यालयका प्रवक्ता एवं सहसचिव रामप्रसाद आचार्यका अनुसार सूचना प्रणालीलाई व्यवस्थित र अद्यावधिक बनाउन छुट्टै वेबसाइट सञ्चालनमा ल्याइएको हो।

नयाँ पोर्टलमा कालोसूचीमा परेका व्यक्तिको नाम, फर्म वा संस्थाको विवरण, कालोसूचीमा पर्नुको कारण र अवधिसँगै फुकुवा भएकाहरूको जानकारी समेत उपलब्ध हुनेछ।

कालोसूची

ट्रेन्डिङ ( साप्ताहिक )