Logo
१४ पुस २०८२, सोमबार

५ दलले बुझाए समानुपातिकतर्फको बन्दसूची, कसको कति उम्मेदवार ?

अक्षरपाटी
२०८२ पुस १४ , सोमबार ०१:१२ मा प्रकाशित

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने दलको संख्या पाँच पुगेको छ। निर्वाचन आयोगमा आज बन्दसूची बुझाउने अन्तिम दिन रहेको छ।

आयोगका अनुसार हालसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी तथा नेपाली कम्युनिस्ट पार्टी (मार्क्सवादी–पुष्पलाल) ले समानुपातिकतर्फको बन्दसूची बुझाइसकेका छन्।

नेमकिपा र राष्ट्रिय जनमोर्चा पार्टीले समानुपातिकतर्फ ११०–११० जना उम्मेदवारको बन्दसूची आयोगमा पेश गरेका छन्।

त्यस्तै, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले समानुपातिकतर्फ १२–१२ जना उम्मेदवारको सूची बुझाएका छन् भने नेपाली कम्युनिस्ट पार्टी (मार्क्सवादी–पुष्पलाल) ले २० जना उम्मेदवारको नामावली दर्ता गराएको छ।

अन्य दलहरू पनि अन्तिम समयसम्म उम्मेदवारको सूची तयार पारेर आयोगमा बुझाउने तयारीमा रहेको निर्वाचन आयोगले जनाएको छ।