



काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेस दास र लासको पार्टी नभएको बताएका छन्।
भृकुटीमण्डपमा आजदेखि आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले कांग्रेस दास र लासहरुको पार्टी नभएको बताएका हुन्।
पार्टी सभापति हुँदाहुँदै २०१४ सालमा सुवर्ण सम्शेरले आफै विशेष महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरेको उनले स्मरण गराउँदै भने, ‘कांग्रेस दास र लासको पार्टी होइन, हामी सबै बराबर छौं, कसैले नबोल भनेर नबोल्ने होइन, जसले प्रश्न नसोध भन्छ, उसले जवफ पनि दिन सक्दैन।’
महामन्त्री थापाले माथि मञ्चमा बस्ने मालिक र तल बस्ने चाकर नहुने बताउँदै पार्टीमा सबै बराबर भएको स्मरण गराए।
थापाले कांग्रेस प्रति जनताको भरोसा रहेको बताउँदै चुनाव भन्दा पनि अहिले ब्यवस्था र संविधान सँगै जनताको भरोसा जोगाउनु पर्ने बेला आएको बताए।
‘चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले सिस्टम र संविधान जोगाउनु पर्ने छ, त्यो भन्दा बढी जनताको भरोसा जोगाउनु पर्ने छ’, थापाले भने।
गगन थापा विशेष महाधिवेशन


