Logo
४ वैशाख २०८३, शुक्रबार

बालेनलाई जनकपुरमा समर्थकको भव्य स्वागत, विमानस्थलको ढोका फुट्यो

अक्षरपाटी
२०८२ माघ ४ , आईतबार ०७:०१ मा प्रकाशित

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई जनकपुरधाम विमानस्थलमा भव्य स्वागत गरिएको छ।

आईतबार बेलुका जनकपुरधाम आइपुगेका बालेनलाई समर्थकहरुले विमानस्थलमै पुगि भव्य स्वागत गरेका छन्। बालेनलाई स्वागत गर्न पुगेको भीडलाई व्यवस्थापन गर्न नसक्दा विमानस्थल बाहिर निस्कने सिसाको ढोका फुटेको छ।

बालेन भोली (सोमबार) जनकपुरधाममा आयोजना हुन लागेको परिवर्तनको उद्घोष सभामा सहभागी हुन आएका हुन्। भोली हुने सभामा बालेनसहित, रवि लामिछाने र डिपी अर्यालसहित १२ जना वक्ताहरुको सभहागीता हुने जनाइएको छ।