

काठमाडौं। एकपछि अर्को मन्त्रीले राजीनामा दिएपछि चार मन्त्रालय रिक्त रहेका छन्।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि गठन भएको सरकारका चार मन्त्रीले आज बिहानसम्म राजीनामा दिएका हुन्।
राजीनामा स्वीकृत भइसकेका तीन मन्त्रीको कार्यभार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीले नै सम्हाल्ने गरी तोकेका छन्।
आगामी निर्वाचनको तयारी र आन्तरिक राजनीतिक घटनाक्रमका बीच उर्जा मन्त्री कुलमान घिसिङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफ्नो पदबाट राजीनामा दिइसकेका छन्।
अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री कार्कीले तीं मन्त्रालयको जिम्मेवारी सम्हाल्ने राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।




