Logo
७ माघ २०८२, बुधबार

कैलाली ५ बाट अधिवक्ता जनक राज पाठकको स्वतन्त्र उम्मेदवारी दर्ता

अक्षरपाटी
२०८२ माघ ६ , मंगलबार ०२:०१ मा प्रकाशित

कैलाली । अधिवक्ता जनक राज पाठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नं. ५ बाट स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराउनुभएको छ।

युवा पुस्ताको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएका पाठकले दलगत राजनीति र दलाली प्रवृत्तिबाट टाढा रहेर स्वच्छ, पारदर्शी र उत्तरदायी राजनीतिको अभ्यास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँको चुनावी नारा “दल होइन, दलाल होइन — म स्वच्छ स्वतन्त्र” ले वर्तमान राजनीतिप्रति आम नागरिकमा बढ्दो असन्तुष्टि र वैकल्पिक नेतृत्वको चाहनालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

कानुनी पृष्ठभूमि भएका पाठकले संविधान, कानुन र नागरिक अधिकारको संरक्षणलाई आफ्नो प्रमुख एजेन्डा बनाउने बताउनुभएको छ ।

स्थानीय तहदेखि संघीय संसदसम्म स्वच्छ छवि र निष्पक्ष आवाज आवश्यक रहेको उल्लेख गर्दै पाठकले कैलाली ५ का मतदातासँग प्रत्यक्ष संवादमार्फत विश्वास जित्ने प्रयास थालेका छन् ।