



फिनिक्स एजुकेशन नेटवर्कका कार्यकारी अध्यक्ष तथा सांसद भरत गिरीले राहत तथा पुनःस्थापनाका लागि ६ लाख २१ हजार रुपैयाँको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
बाढीपहिरोबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाइएको छ।
प्राकृतिक विपद्का कारण विभिन्न जिल्लामा जनधनको क्षति भइरहेका बेला निजी क्षेत्र, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थाले सरकारको राहत कोषमा सहयोग गर्ने क्रम बढिरहेको छ।


