



लुम्बिनी। प्रधानमन्त्री सुशीला कार्की निर्वाचनको तयारी तथा विभिन्न प्रदेशको वस्तुस्थिति बुझ्ने क्रममा आज लुम्बिनी पुगेकी छन्।
प्रधानमन्त्री कार्कीले अनुगमन तथा छलफलका क्रममा आज भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको पनि दर्शन गरेकी छन्। लुम्बिनीमा उनले मुलुकमा शान्तिपूर्ण निर्वाचन सफलताको कामना समेत गरेकी छन्।
आज बिहान उनले बुटवलमा लुम्बिनी प्रदेशका सुरक्षा प्रमुखहरु तथा निर्वाचन सम्बद्ध अधिकारीसँग निर्वाचनको तयारीबारे ब्रिफिङ लिएकी थिइन्। त्यसलगत्तै उनी लुम्बिनी पुगेर गौतम बुद्धको जन्मस्थलको दर्शन गरेकी हुन्।

त्यस क्रममा उनले अन्य दर्शनार्थी तथा स्थानीयसँग अन्तर्क्रिया समेत गरेकी छन्। प्रधानमन्त्री कार्कीलाई मुलुकमा शान्ति स्थापना गरी निर्वाचनमार्फत निकास दिन सफलता मिलोस् भनेर सर्वसाधारणले फूल दिएर शुभकामना दिएका थिए।
स्थानीयमा निर्वाचनप्रति निकै उत्साह र उत्सुकता देखिएको थियो।
तस्बिर: केशव थापा/प्रधानमन्त्रीको सचिवालय
प्रधानमन्त्री सुशीला कार्की लुम्बिनी



