Logo
१४ असार २०८३, आईतबार

म्याग्दीबाट डा. महाविर भारी मतान्तरले विजयी

अक्षरपाटी
२०८२ फागुन २३ , शनिबार ०९:०३ मा प्रकाशित

म्याग्दी। म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचन लडेका डा. महाविर पुन विजयी भएका छन्।

उनले २२ हजार ८५० मत प्राप्त गर्दै जित हात पारेका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरीकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त पाएका छन्।

नेपाली काँग्रेसका कृष्ण बहादुर भण्डारीले ६ हजार ८८४ मत मात्रै प्राप्त गरेका छन भने नेकपाका अर्जुन थापा ३ हजार ५२९ मतमा समेटिएका छन्।

आफ्नो जन्मथलो म्याग्दीबाट चुनावी मैदानमा उत्रिएका पुनले शिक्षा क्षेत्र सुधारका लागि नीतिगत पहल गर्ने मुख्य एजेन्डा अघि सारेका थिए।

म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा यस निर्वाचनमा ४६ हजार २१५ मत खसेको थियो।

डा. महाविर पुन निर्वाचन