Logo
१९ वैशाख २०८३, शनिबार

महाकाली नदीमा र्याफ्‌टिङ सुरु, पर्यटक बढ्ने अपेक्षा

अक्षरपाटी
२०८२ चैत्र ३ , मंगलबार ०५:०३ मा प्रकाशित

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टी क्षेत्रबाट महाकाली नदीमा व्यवसायिक रुपमा र्‍याफ्‌टिङ सञ्चालनमा ल्याइएको छ ।

सोमबार पानी सप्ताहको अवसर पारी निड्स नेपाल, होटेल व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, यातायात समिति, नाटालगायत पर्यटन व्यवसायी सँगको सहकार्यमा साहसिक जलयात्रा सञ्चालनमा ल्याइएको हो ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले सन् २०१७ मा महाकाली बहुउपयोग परियोजना अन्तर्गत र्‍याफ्‌टिङको सम्भाव्यता अध्ययन गरिएकोमा सन् २०२१ मा यसको सफल परीक्षण गरिएको बताए ।

त्यस यता विभिन्न कारणले र्‍याफ्‌टिङ सञ्चालनमा नआए पनि सोमबारदेखि विभिन्न सङ्घ संस्थाको पहलमा व्यवसायिक रुपमा राफ्टिङ सुरु गरिएको उनले बताए । 

हाल अड्रिफ्ट एडभेन्चर प्रालिअन्तर्गत दुई वटा र्‍याफ्‌टिङ बोट सञ्चालनमा ल्याइएको जनाइएको छ । र्‍याफ्‌टिङ सञ्चालनमा आएसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।

महाकाली र्याफ्टिङ