Logo
४ वैशाख २०८३, शुक्रबार

कठिन परिस्थितिमा राष्ट्रको नेतृत्व गरेँ, नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पन पाउँदा निश्चिन्त छु : कार्की

अक्षरपाटी
२०८२ चैत्र १३ , शुक्रबार ०९:०३ मा प्रकाशित

काठमाडाैं। निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारस्थित सरकारी निवास छोडेर धापासीस्थित निजी निवासतर्फ फर्केकी छन्।

नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई जिम्मेवारी हस्तान्तरण गरेपछि उनी औपचारिक रूपमा बालुवाटारबाट बिदा भएकी हुन्।

बालुवाटार निवाशबाट निस्कँदै गर्दा मुलढाेकामा भेटिएको कुकुरलाई हेरेर उनले केही समय बिताइन्। केही महिनाकाे बसाइमा सम्भवत: कुकुर निवर्तमान प्रधानमन्त्री सुशीलासँग निकट भएको थियो। जसलाई छाेडेर जानुपर्दा उनी भावुक बनिनको देखिन्छ।

बालुवाटारबाट बिदाइ हुँदै उनले आफ्नो कार्यकालको समापनबारे भावुक सन्देशसमेत दिएकी छन्।

उनले भनेकी छन्, ‘आज मेरो सार्वजनिक जिम्मेवारीको एक महत्त्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको छ। कठिन र चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रको नेतृत्व गर्नुपरेको थियो। हामी सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सफल भयौँ।’

उनले लोकतन्त्रप्रति जनताको विश्वासलाई प्रमुख उपलब्धिका रूपमा उल्लेख गर्दै भनिन्, ‘लोकतन्त्रप्रति जनताको अटुट विश्वास र सहभागिताले देशलाई सही दिशातर्फ अघि बढाएको छ।’

नयाँ नेतृत्वप्रति विश्वास गर्दै जननिर्वाचित नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा आफू निश्चिन्त भएको पनि उनले उल्लेख गरेकी छन्।

‘नयाँ पुस्ताको ऊर्जावान् नेतृत्वले देशलाई अझ समृद्ध र स्थिर भविष्यतर्फ डोर्‍याउने विश्वास लिएकी छु,’ उनले भनेकी छन्।

आफ्नो कार्यकालमा साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गर्दै उनले सम्पूर्ण नेपाली नागरिक, सहकर्मी तथा सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गरेकी छन्।

बालुवाटार सुशीला कार्की