



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुर बीच भेटवार्ता भएको छ।
सभापति लामिछानेको बुढानिलकण्ठस्थित निजी निवासमा भएको भेटमा दुई नेताबीच वर्तमान राजनीतिक अवस्था, मधेस क्षेत्रको विकास र प्राथमिकतामा राख्नुपर्ने योजनाबारे विस्तृत छलफल भएको बताइएको छ।
भेटका क्रममा पछिल्लो जनादेशअनुसार देशको समग्र विकासका लागि सहकार्य गर्दै अघि बढ्ने विषयमा दुवै पक्ष एकमत भएका छन्।
मधेसको दीगो विकास, पूर्वाधार विस्तार तथा जनजीविकासँग जोडिएका योजनालाई प्राथमिकतामा राख्नुपर्नेमा पनि छलफल भएको हो।
आगामी दिनमा निरन्तर संवाद र सहकार्यलाई अगाडि बढाउने विषयमा दुबै नेता प्रतिबद्ध भएको सभापति लामिछानेकाे सचिवालयले जनाएको छ।
महन्थ ठाकुर रवि लामिछाने



