



काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसहितका अधिकारीबीच विपद् व्यवस्थापनलगायत सीमा सुरक्षा सुदृढ गर्नेबारे छलफल भएको छ।
आज भएको छलफलमा विशेषगरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी गर्नेबारे विस्तृत छलफल गरिएको थियो।
सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी रणनीति बनाउने, स्रोत–साधनको उचित व्यवस्थापन गर्ने तथा विभिन्न निकायबीच समन्वय गर्ने विषयमा जोड दिइएको छ।
त्यस्तै, सीमाक्षेत्रमा बढ्दो अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्तीलाई कडा बनाउने निर्णय समेत बैठकले गरेको छ।
तस्करी नियन्त्रणलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको जानकारी गृहमन्त्रालयकाे सचिवालयले गराएको छ।
राजु अर्याल सशस्त्र प्रहरी बल सुधन गुरुङ



