



काठमाडाैं। एस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आजबाट आरम्भ भएको छ। आज बिहानबाट कक्षा १० का विद्यार्थीहरुले देशभर एकैसाथ परीक्षा दिइरहेका छन्।
राष्ट्रिय परीक्षा बाेर्डकाअनुसार आज देशभर पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी एसईई परीक्षा सहभागी छन्।
तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी रहेको बाेर्डले जनाएको छ।
परीक्षा दिनेमा छात्राको संख्या बढी छ। यस वर्ष दुई लाख ५७ हजार ६१३ छात्राले एसईई परीक्षा दिइरहेका छन् भने दुई लाख ५४ हजार ८०१ छात्र एसईईमा सहभागी छन्। अन्यमा सात जना परीक्षार्थी रहेकाे बताइएकाे छ। एसईई २९ चैतमा सकिने छ।
एसईई



