



काठमाडौं । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि अबेर राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।
पटक–पटक सर्वसाधारणबाट सास्ती भाेग्नुपरेको गुनासो आएपछि उनी अबेर साँझ सुरक्षा निकायका उच्चअधिकारी र आफ्नो टोलीसहित विमानस्थल पुगेका हुन्।
अनुगमनका क्रममा मन्त्री गुरुङले विमानस्थलको सुरक्षा व्यवस्था, यात्रु व्यवस्थापन तथा सेवा प्रवाहको अवस्थाबारे स्थलगत अवलोकन गरेका छन्।
विशेष गरी रात्रीकालीन समयमा हुने गतिविधि, कर्मचारीको उपस्थिती तथा कार्यसम्पादनको अवस्थाबारे जानकारी लिँदै सुधारका लागि आवश्यक निर्देशन दिएका छन्।
उनले विदेशबाट दुःख गरेर स्वदेश फर्किएका नागरिकले विमानस्थलमै दुःख पाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिँए। उनले त्यस्तो गुनासो दोहोरिन नदिन सचेत गराए।
साथै, सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच गरी सेवाग्राहीलाई दुःख नदिन पनि उनले निर्देशन दिए।
सुधन गुरुङ



