Logo
१९ वैशाख २०८३, शनिबार

होटेल व्यवसायी महासंघमा नयाँ नेतृत्व

अक्षरपाटी
२०८२ चैत्र २९ , आईतबार ०५:०४ मा प्रकाशित

काठमाडाैं । पाेखरामा सम्पन्न होटेल व्यवसायी महासंघ नेपालको पाँचौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाे छ।

तुल्सीराम भण्डारी (शंकर) काे नेतृत्वमा सिंगो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको हो। नवनिर्वाचित अध्यक्ष भण्डारीले सम्पूर्ण प्रतिनिधि, अग्रज व्यवसायी तथा सहयोगी मनप्रति आभार व्यक्त गरेका छन्।

उनले महासंघलाई पारदर्शी, उत्तरदायी र सदस्यकेन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाए।

अध्यक्ष भण्डारीले पर्यटन तथा होटेल क्षेत्रलाई अझ स्वच्छ प्रतिस्पर्धी र व्यवस्थित बनाउन नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण र व्यवसायीको हकहित संरक्षणलाई प्राथमिकता दिइने बताए।

महाधिवेशनबाट धनगढी, कैलालीका युवा होटेल व्यवसायी कलम बमलाई पर्यटन उपाध्यक्ष पदमा निर्वाचित गरकाे छ। उनकाे नेतृत्वमा धनगढीमा निकट भविश्यमै चार तारे अत्याधुनिक सनलाईट होटेल सञ्चालनमा आउँदैछ।

त्यस्तै बमकी धर्मपत्ती बसन्ता भण्डारी बमलाई केन्द्रीय सदस्य पदमा निर्वाचित गरिएको छ।

पर्यटन क्षेत्रका सरोकारवालाले नयाँ कार्यसमितिले निजी क्षेत्र र सरकारबीच समन्वय सुदृढ गर्दै क्षेत्रीय विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।