



धनगढी । नवजीवन सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष दिनेश कोईरालाको १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा गरिएको छ।
पुण्य तिथिका अवसरमा नवजीवन सहकारी संस्था लिमिटेडका अध्यक्ष देवबहादुर बमले नवजीवन सहकारी संस्थालाई यो उचाइमा पुर्याउन कोइरालाको महत्वपूर्ण योगदान रहेको स्मरण गरे।
स्वर्गीय कोईरालाले सँस्थाका लागि पुर्याएको योगदानको कदर गर्दै परिवारलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो।
श्रद्धाञ्जली सभाका अवसरमा अध्यक्ष बमले नवजीवनले आफ्ना शेयर सदस्य तथा सदस्यका छोरा छोरीहरुलाई प्रदान गरिँदै आएको छात्रवृत्ति सेवाको नाम अब उप्रान्त ‘नवजीवन सहकारी दिनेश काईराला छात्रवृत्ति’ कायम गरिएको समेत जानकारी दिए।
श्रद्धाञ्जली सभामा अध्यक्ष बमसहित नवजीवनका संचालक समितिका सदस्यहरु जयराज जोशी, गोपाल पाठक, महाप्रबन्धक डम्बरसिंह गुरु भैरहवास्थित स्वर्गीय कोईरालाको घरमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए।
विक्रम संवत १९९२ माघ १७ गते जन्मिएका कोईरालाको ९३ वर्षको उमेरमा रुपन्देहीको तिलोत्तमा नगरपालिका १६ कोटिहवामा निधन भएको थियो।
नवजीवन सहकारी संस्थामा कोईरालाले २०५० जेठ २८ गतेदेखि २०५१ असोज १ गतेसम्म अध्यक्षको जिम्मेवारी सफलतापूर्वक बहन गरेकाे वर्तमान अध्यक्ष देवबहादुर बमले जानकारी दिए।
उनको कार्यकालमा नेपालका सहकारीहरुमध्ये नवजीवन सहकारी संस्थालाई राष्ट्र बैंकबाट बैंकिङ कारोबार गर्न ईजाजत स्वीकृती प्रदान गरिएको थियो। उनकै कार्यकालमा २०५० साल मंसिर ३० गते नवजीवन सहकारी संस्थाको मुख्य कार्यालयको भवन उद्घाटन गरिएको थियो।
देवबहादुर बम नवजीवन सहकारी संस्था



