Logo
५ वैशाख २०८३, शनिबार

स्थानीय तहको संख्या र सीमा हेरफेर गर्दै सरकार

अक्षरपाटी
२०८३ वैशाख ५ , शनिबार ०४:०४ मा प्रकाशित

काठमाडाैँ। सरकारले स्थानीय तहको संख्या र सीमा हेरफेर गर्ने भएको छ। गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय तथा सुझाव मागेको हो।

मन्त्रालयले बैशाख ३ गते सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई पत्राचार गर्दै संख्या र सीमा हेरफेरका लागि सुझाव माग गरेको हो। 

त्यस्तै मन्त्रालयले जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघलाई बोधार्थ दिदै सहजिकरणको लागि आग्रह गरेको छ। 

मन्त्रालयका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३, ५, ६, ७ र ८ को व्यवस्था बमोजिम गाउँपालिका तथा नगरपालिका, वडाको संख्या तथा सिमाना हेरफेर, गाउँपालिका र नगरपालिका एक आपसमा गाभिने र नगरपालिकाको विद्यमान बर्गीकरणमा पुनराबलोकन गर्न प्ररम्भिक मस्यौदा तयार भएको छ।

सो सम्बन्धमा कुनै राय सुझाव भए मन्त्रालयको इमेल ठेगानामा तीन दिनभित्र उपलब्ध गराईदिन मन्त्रालयले आग्रह गरेको हो।

प्रतिभा रावल