Logo
१० वैशाख २०८३, बिहीबार

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ दाेस्रो बैठक आज

अक्षरपाटी
२०८३ वैशाख १० , बिहीबार ११:०४ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा विभिन्न राजनीतिक दलहरूले पेश गरेका लिखित धारणा, सुझाव तथा अवधारणाका आधारमा पहिचान गरिएका संविधान संशोधनका प्रमुख मुद्दाहरूमा विस्तृत छलफल गरिने बताइएको छ।

कार्यदलले हालसम्म संकलन गरेका विचार र प्रस्तावहरूलाई समेट्दै संशोधनका प्राथमिक क्षेत्रहरू निर्धारण गर्ने र त्यसका लागि आवश्यक कार्ययोजना तयार गर्ने विषय पनि बैठकको मुख्य एजेन्डा रहेको छ।

साथै, आगामी चरणमा बहसलाई कसरी अघि बढाउने, सरोकारवालासँगको समन्वय र समयसीमा निर्धारणजस्ता विषयमा समेत निर्णय हुने अपेक्षा गरिएको छ।

संविधान संशोधनको बहसलाई व्यवस्थित, तथ्यमा आधारित र समावेशी बनाउने उद्देश्यले गठन गरिएको यस कार्यदलको कामकारबाहीलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

असिम शाह कार्यदल बहसपत्र संविधान संशोधन

ट्रेन्डिङ ( साप्ताहिक )