Logo
२० वैशाख २०८३, आईतबार

कर्मचारीतन्त्र अब दलीय ट्रेड युनियन मुक्त

अक्षरपाटी
२०८३ वैशाख २० , आईतबार १०:०५ मा प्रकाशित

काठमाडाैं। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ जारी गरेसँगै कर्मचारी ट्रेड युनियन खारेज हुने भएका छन्।

नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमा ट्रेड युनियन हटाउने व्यवस्था राखिएको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उक्त अध्यादेश जारी गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले कर्मचारी ट्रेड युनियन हटाउने विषय आफ्नो सय कार्यसूचीमै समावेश गरेको थियो।

संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियनको व्यवस्था समावेश नहुने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयारी गरेको थियो। सो विषयलाई लिएर दलगत ६ कर्मचारी संगठनले वक्तव्य जारी गर्दै विरोध गरेका थिए।

अध्यादेश जारी भएसँगै अब वक्तव्य निकाल्ने नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन खारेज हुने भएका छन्।

ट्रेड युनियन