



काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेल लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठ ले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो। यसअघि १८ वैशाखदेखि तत्कालीन आईजीपी राजु अर्याल अवकाश भएपछि पौडेलले सशस्त्र प्रहरी बलको नेतृत्व सम्हाल्दै आएका छन्।
सशस्त्र प्रहरी बल



