



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्ड स्रोतका अनुसार अहिले अन्तिम प्राविधिक काम भइरहेको छ भने साँझ ५ बजेपछि बोर्ड बैठक बोलाइएको छ।
परीक्षा बोर्डका एक अधिकारीका अनुसार बैठकपछि नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो। ‘सम्भवतस् आज साँझ नै नतिजा सार्वजनिक हुन्छ, अहिले प्राविधिक काम भइरहेको छ,’ उनले बताए।
नतिजा प्रकाशनबारे परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्याल ले पनि छलफल भइरहेको जानकारी दिएका छन्।
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले विगतको तुलनामा नतिजा छिटो सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको छ।
यसपटक एसईई परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फाराम भरेका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए।
परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन्।
एसईई नतिजा राष्ट्रिय परीक्षा बोर्ड



