Logo
२९ वैशाख २०८३, मंगलबार

एसईईको पूरक परीक्षा असार १ देखि, दुई विषयसम्म अनुपस्थितले पनि मौका पाउने

अक्षरपाटी
२०८३ वैशाख २९ , मंगलबार १०:०५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आगामी असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको सूचनाअनुसार परीक्षा असार ९ गतेसम्म चल्नेछ ।

अन्तिम ग्रेड ‘सी’ वा ‘सी’ भन्दा कम प्राप्त गरेका विद्यार्थीहरूले पूरक परीक्षा दिन पाउनेछन् । साथै, बढीमा दुई विषयसम्म अनुपस्थित भएका परीक्षार्थीलाई पनि परीक्षामा सहभागी हुने अवसर दिइने बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड