Logo
२३ भदौ २०८३, मंगलबार

समानुपातिक मत: एमाले अगाडि, कांग्रेस दोस्रो र रास्वपमा तेस्रो स्थानमा

अक्षरपाटी
२०७९ मंसीर १० , शनिबार ११:११ मा प्रकाशित

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले सुरुवातदेखि अग्रता कायम राखेको छ। यद्यपि, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ।

निर्वाचन आयोगको तथ्यांक अनुसार बिहान ११ बजेसम्म एमालेले १८ लाख २२ हजार ४४५ मत प्राप्त गरेको छ।

कांग्रेसले १७ लाख ५८ हजार ८६२ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ९१ हजार ५७०म, माओवादी केन्द्रले ७ लाख ७३ हजार ३३२ मत प्राप्त गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ५ हजार १२७, जनता समाजवादी पार्टीले २ लाख १७ हजार ८७३, एकीकृत समाजवादीले १ लाख ६५ हजार ५१०, नागरिक उन्मुक्ति पार्टीले १ लाख ५९ हजार ५७३ र जनमत पार्टीले १ लाख ४९ हजार ५२६ मत प्राप्त गरेको छ।