



काठमाडौं । कुशल भुर्तेलको शानदार शतकको मद्दतमा नेपालले मलेसियासामु २७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
एशियन गेम्सअन्तर्गत क्रिकेट छनोट प्रतियोगिताको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ५४ बलमा १२६ रनको शानदार शतकीय इनिङ्स खेले। उनले आफ्नो इनिङ्समा चौका र छक्काको वर्षा गरेका थिए। यो कुशलको टी–२० क्रिकेटमा लगातार दोस्रो शतक हो।
यस्तै, आरिफ शेखले २४ बलमा ६८ रनको विस्फोटक पारी खेलेर नेपालको स्कोर उकास्न महत्वपूर्ण योगदान दिए। कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा ३१ रन जोड्दा सन्दीप जोराले १५ रन बनाए।
मलेसियाका लागि विरनदीप सिंहले ३ विकेट लिए। सयेद अजिज र विजय उन्नीले समान २–२ विकेट हात पारे।



