Logo
१ असार २०८३, सोमबार

मधेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट

अक्षरपाटी
२०८३ असार १ , सोमबार ०३:०६ मा प्रकाशित

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री युवराज भट्टराईले बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तावित बजेटमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ ९३५.६४ प्रतिशत तथा पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ ९६४.३६ प्रतिशत विनियोजन गरिएको छ।

सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा वन क्षेत्रलाई बजेटको प्रमुख प्राथमिकतामा राखेको जनाएको छ।

बजेटका लागि आन्तरिक स्रोत तथा राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ जुटाइने प्रस्ताव गरिएको छ। यस्तै, संघीय सरकारबाट राजस्व बाँडफाँटमार्फत १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी, संघीय सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने वित्तीय अनुदान १७ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहने अनुमान गरिएको छ। जसअन्तर्गत वित्तीय समानीकरण अनुदान ७ अर्ब ८४ करोड ८५ लाख, सशर्त अनुदान ८ अर्ब १० करोड २८ लाख, समपूरक अनुदान ९४ करोड ७४ लाख तथा विशेष समपूरक अनुदान ७० करोड रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको बाँकी नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ व्यवस्थापन गरिने तथा १ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋणमार्फत जुटाइने अर्थमन्त्री भट्टराईले जानकारी दिए।

बजेट सार्वजनिक मधेश सरकार

ट्रेन्डिङ ( साप्ताहिक )